प्रतिनिधिसभा निर्वाचन : स्याङ्जा–२ मा नेकपाबाट युवा नेता तेज प्रसाद सुवेदी सिफारिस

सोमबार, १४ पुस २०८२, १७ : ५६

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट स्याङ्जा –२ मा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका लागि आठ जनाको नाम सिफारिस गरिएको छ ।

तेज प्रसाद सुवेदी ‘तुफान’ सहित आठ जनाको नाम प्रत्यक्षका लागि सिफारिस गरिएको हो । अन्य सिफारिस भएका आकांक्षीहरूमा शैलेन्द्र घिमिरे, लोकेन्द्र तराङ, मेघनाथ चापागाईं, पदम विक, हरिमोहन भण्डारी,शिव भट्टराई र मदन ढकाल रहेका छन् ।

यस क्षेत्रबाट समानुपातिक उम्मेदवारमा ९ जनाको नाम सिफारिस गरिएको छ । ताज महम्मद मियाँ, गिरीधारी कोइराला, कल्पना अर्याल, रुकवीर विक, बसर अलि मियाँ, लक्ष्मी राना, बुद्धिसागर भट्टराई, सुशिला कुँवर र भरतदेव पंगेनीको नाम समानुपातिकतर्फ सिफारिस गरिएको छ ।

 

सोमबार, १४ पुस २०८२, १७ : ५६

प्रतिक्रिया