सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा विभिन्न पदका लागि कर्मचारी माग

मंगलबार, १५ पुस २०८२, ११ : २३

काठमाडौं- सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न चार पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर असिस्टेन्ट र मेडिकल डिपार्टमेन्टमा असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

कम्पनीले उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेकाले पुस १४ गतेको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 
मंगलबार, १५ पुस २०८२, ११ : २३

प्रतिक्रिया