काठमाडौं- राष्ट्रिय अपांग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक जवाफदेहिता अभिवृद्धि गर्नका लागि महासंघले वार्षिक सामाजिक परीक्षण काठमाडौंमा सम्पन्न गरेको हो ।
महासंघका संघिय अध्यक्ष देबिदत्त आचार्यको अध्यक्षतामा सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा महासंघको वार्षिक प्रतिबेदन महासचिव सुगम भट्राईले सहजीकरण गरेको कार्यक्रममा सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
परियोजना अधिकृत रोशन न्यौपाले महासंघले सञ्चालन गरेका परियोजनाबारे जानकारी दिएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा. बिरेन्द्रराज पोख्रेल, प्रशासकिय प्रमुक्ज लय प्रसाद उप्रेती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सरोकारवालाहरुले विचारहरु राखेका थिए ।
नेपाल नेत्रहीन संघका महासचिव कलाधर भण्डारीले अपांगताको आयआर्जन र रोजगारीको लागि दिगो श्रोतको खोजि गर्दै नयाँ नयाँ संस्थाहरुलाई महासंघले सहयोग गर्नु पर्ने बताए । उनले निर्वाचनमा अपांगता, समावेशिताको सवाल जोड्न माग गरे । अपांगता अधिकारकर्मी गिरीधारी सुवेदीले अपांगता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था महासंघको पैरवीबाट सम्भव भएको बताए ।
एक्सेस प्लानेटकी लक्ष्मी नेपालले अपांगता भएका बालिकाको मुद्दामा आवाज उठाउनु पर्ने बताईन् । तेह्रथुमकी नरमाया लिम्बूले अपांग परिचयपत्र गुणस्तरीय हुनु पर्ने बताइन् । महासंघका पूर्व अध्यक्ष दिपक कोईरालाले महासंघका कामहरुलाई थप प्रचार, प्रसार गर्नुपर्ने बताए ।
जेनजी प्रतिनिधि मदन रोकायले महासंघ भित्र युथ एडभाईजेरी काउन्सिल बनाउनु पर्ने बताए । अयांगता अधिकारकर्मी नविना ज्ञवालीले महासंघले उधमशिलतालाई समेट्नु पर्ने बताइन् ।
कार्यक्रममा सुस्मिरा अर्याल बहिरा युवा महासंघका रामचन्द्र गैरेलगायतले बोलेका थिए ।
प्रतिक्रिया