प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

बुधबार, १६ पुस २०८२, ११ : ४६

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्।

कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्यसैगरी कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक सेयरधनी क्लाउड मण्डप प्रालि को तर्फबाट छन बहादुर भट्टचन नियुक्त भएका छन्।

 
बुधबार, १६ पुस २०८२, ११ : ४६

प्रतिक्रिया