काभ्रेका १ सय १८ जना पत्रकारलाई ५ लाख रुपैयाँको दुर्घटना बीमा

बुधबार, १६ पुस २०८२, १४ : ३१

काठमाडौं- नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले सन् २०२६ का लागि आफ्ना सदस्यहरूको दुर्घटना बीमा गरेको छ। 

महासंघले आज सन् २०२५ को अन्तिम दिन ९८ सदस्य र २० क्रियाशील पत्रकार गरी कुल १ सय १८ जनालाई जनही ५ लाख रुपैयाँ बराबरको बीमा गराएको हो। यस बीमाले कुल ५ करोड ९० लाख रुपैयाँको सुरक्षा प्रदान गर्ने महासंघले जनाएको छ । 

साथै, महासंघले सन् २०२६ मा सबै सदस्यहरूका लागि अझ सुरक्षित र खुशीपूर्ण वर्ष रहोस् भनी  शुभकामना पनि व्यक्त गरेको छ।

 
 
 
बुधबार, १६ पुस २०८२, १४ : ३१

प्रतिक्रिया