नेपालमा पहिलोपटक टी-२० विश्वकपको ट्रफी टुर हुने

बुधबार, १६ पुस २०८२, १४ : ५३

काठमाडौं- भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।

आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट संघ (क्यान) ले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ । 

विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । 

टी-२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् । 

 
बुधबार, १६ पुस २०८२, १४ : ५३

प्रतिक्रिया