अपडेट

पाँच महिनामा ३७ हजार बीमा पोलिसी सरेण्डर, ५ अर्ब ६९ करोड रुपैयाँ भुक्तानी

विहीबार, १७ पुस २०८२, १३ : २२

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा ३७ हजार १४९ बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन्। 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ५ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो ।

गत वर्ष सोही अवधिमा ४५ हजार ६० जना बीमितले ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका थिए। यसको तुलनामा यस वर्षको सो अवधिममा सरेण्डरको संख्या १७ प्रतिशतले घटेको छ । 

बीमा प्राधिकरणको नियामावलीअनुसार, बीमितहरूले कम्तीमा तीन वर्षसम्म निरन्तर प्रिमियम बुझाइसकेपछि मात्र बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था छ। यस अर्थमा, बीमा पोलिसी खरीद गरी तोकिएको अवधि पूरा नगरी त्याग गर्नु नै बीमा सरेण्डरको श्रेणीमा पर्छ।

बीमितहरूले बीमा खरीद गरेपछि समय–समयमा बीमा प्रिमियम बुझाउनुपर्ने हुन्छ। बिकीतले प्रिमियम बुझाउन छोड्दा वा रकम फिर्ता लिन आग्रह गर्दा बीमा पोलिसी सरेण्डर हुने गर्दछ।

 
विहीबार, १७ पुस २०८२, १३ : २२

प्रतिक्रिया