काठमाडौं- अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेदवारी परेको थियो ।
अन्तिमसम्म उनको मात्रै उम्मेदवारी परेपछि सो संस्थाको अध्यक्षमा उप्रेती निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रमका लागि उम्मेदवारी दिने अन्तिम समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो । उप्रेती यसअघि नाडाका महासचिव थिए । उनी स्पेयर पार्टस व्यवसायी हुन्।
उप्रेती सिएट टायर बिक्री गर्ने एसटीसी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन् । नाडाको केन्द्रीय कार्य समितिका सदस्यहरूको निर्वाचन पुस २५ गते हुने तय भएको छ। नाडाका अन्य पदाधिकारीहरू पनि निर्विरोध हुने देखिएको छ ।
सदस्यमा १७ जना आवश्यक रहेकोमा १८ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया