काठमाडौं– आगामी प्रतिनिधि सभा सदस्यका लागि गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्।
नेकपा (एमाले)को तर्फबाट गुरुङलाई उम्मेदवार सिफारिस गरिएको हो। विभिन्न प्रकरणमा मुछिएर गुण्डा नाइकेको छवि बनाएका गुरुङको उम्मेदवार सिफारिसलाई लिएर राजनीतिक वृत्तमा अनेकौं टिप्पणी हुन थालेको छ ।
तर उनले भने आफू २०५० सालदेखि एमालेमा सक्रिय रहेको जेनजीको माग अनुसार उम्मेदवार सिफारिस गरिएको बताएका छन् । उनले आफूलाई गुण्डा नाइकेको आरोप लगाउने गरेकोमा पनि दुखित भएको बताए ।
प्रतिक्रिया