डिप्रोक्स लघुवित्त र ईसेवाको संयुक्त आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

आइतबार, २० पुस २०८२, १३ : ०६

काठमाडौं- डिप्रोक्स र ईसेवाको आयोजनामा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जना भन्दा बढी सदस्यहरुलाई वीरगञ्ज, पर्सामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानीसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ । 

उक्त तालिमको उद्देश्य सदस्यहरुमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोवार प्रवद्र्धन गर्नु तथा ईसेवा मार्फत सहज रुपमा इएमआई भुक्तानी गर्न सदस्यहरुलाई प्रोत्साहन गर्नु थियो । साथै, समयमै इएमआई भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोग मार्फत वित्तीय अनुशासनलाई सुदृढ बनाउने विषयमा पनि विशेष ध्यान दिइएको थियो ।

सदस्यहरुले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारीले आफूहरुलाई वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोही अनुरुप डिजिटल वित्तीय सेवा प्रयोग गर्नेे प्रतिवद्धता व्यक्त गरेका थिए ।
 

 
आइतबार, २० पुस २०८२, १३ : ०६

प्रतिक्रिया