अपडेट

सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न पर्सा प्रशासनको चेतावनी

आइतबार, २० पुस २०८२, १४ : ५५

काठमाडौं- जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि खालको गतिविधि नगर्नका लागि आह्वान गरेका हुन् । 

“एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पु¥याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।” 

मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ को प्रावधान स्मरण गराउँदै सिडिओ दाहालले धार्मिक भावनामा आघात पुर्‍याउने वा सार्वजनिक नैतिकता बिगार्नेलाई कैद र जरिवानाको सजाय हुने उल्लेख गरेका छन्। 

image0-(1)_USnrEnaWOv

 
आइतबार, २० पुस २०८२, १४ : ५५

प्रतिक्रिया