ओलीको पालामा सरुवा भएका तीन कार्यालय प्रमुख फेरिए, बिचौलियासँग साँठगाँठ गरेको आरोप

सोमबार, २१ पुस २०८२, ११ : २६

काठमाडौं- काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् । सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो ।

सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ । भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा।डा। कुमार इङनामले केही समयअघि छड्के अनुगमन गरेका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन् । 

उनीहरुलाई केपी शर्मा ओली नेतृत्वका सरकारका मन्त्री बलराम अधिकारीको पालमा कार्यालय प्रमुखका रुपमा ती कार्यालयमा सरुवा भएका थिए । वर्तमान सरकारले हटाएको हो ।

 
सोमबार, २१ पुस २०८२, ११ : २६

प्रतिक्रिया