अमेरिका भेनेजुएलासँग युद्धमा छैनः रुबिओ

सोमबार, २१ पुस २०८२, १३ : १७

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भेनेजुएलासँग अमेरिका युद्धमा नरहेको बताएका छन्। भेनेजुएलामा अमेरिकाले हमला गरेको भोलिपल्ट उनले यस्तो बताएका हुन्।

अमेरिकाले कब्जामा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेस सोमवार अदालतमा उपस्थित हुने अधिकारीहरूले बताएका छन्।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले अमेरिकी कारबाहीका क्रममा मदुरोको सुरक्षा टोलीको ठूलो हिस्सा र ‘निर्दोष सर्वसाधारण मारिएको बताएका छन्।

भेनेजुएलाले ‘सैन्य आक्रमणको’ को निन्दा गरेको छ र सेनाले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेसलाई समर्थन गर्ने बताएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द एट्लान्टिकसँग बोल्दै यदि रोड्रिगेसले ‘जे सही हो त्यो गरिनन् भने उनले ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्।

भेनेजुएलाका जनताले सत्ताको शान्तिपूर्ण सङ्क्रमणको सम्भाव्यताबारेको अनिश्चिततालाई लिएर चिन्ता व्यक्त गरेका छन्।

एअर फोर्स वानबाट बोल्दै, एक पत्रकारले राष्ट्रपति ट्रम्पलाई सोधेका थिए, भेनेजुएलामा गरिएको कारबाही वास्तवमा के का निम्ति थियो ः तेल वा सत्ता परिवर्तन ?

ट्रम्पले त्यसको प्रतिक्रियामा त्यो ‘पृथ्वीमा शान्तिका लागि’ रहेको भनेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा नोबेल पुरस्कार विजेता मारिआ कोरिना मचाडोसँग देशको नेतृत्व गर्न ‘समर्थन र सम्मान’ नभएको बताएका थिए।

बोल्टनका अनुसार ह्वाइट हाउसमा काम गर्दा त्यति बेलाको योजना भेनेजुएलालाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्ने थियो। केही हदसम्म अमेरिकामा भेनेजुएलाको सम्पत्ति रोक्का गर्ने र युरोपेली सङ्घका देशहरूले पनि त्यसै गर्ने थियो।

बीबीसी न्यूज नेपाली 

सोमबार, २१ पुस २०८२, १३ : १७

प्रतिक्रिया