काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभामा स्थगित भएको छ।
कम्पनीले नेप्सेमा एक सूचना जारी गर्दै गत आर्थिक वर्षको समीक्षाका लागि आज पुस २१ गते सोमबार गर्ने भनिएको वार्षिक साधारणसभा गणपूरक संख्या नपुगेका कारण स्थगित गरिएको जनाएको छ ।
साधारणसभाका लागि गणपूरक संख्या नपुगेपछि सञ्चालक समितिले वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो।
अब कम्पनीले पुनः सूचना प्रकाशित गरी सभा आह्वान गरेपछि मात्र उक्त साधारणसभा हुनेछ ।
प्रतिक्रिया