पोखरा फाइनान्सले माघ १४ गतेका लागि बोलायो साधारणसभा

सोमबार, २१ पुस २०८२, १४ : ३७

काठमाडौं- पोखरा फाइनान्स लिमिटेडको साधारणसभा आगामी माघ १४ गते हुने भएको छ । 

कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकको सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को २८ औं र ०८१/८२ को २९ औं गरी दुईवटा वार्षिक साधारणसभा एकैपटक बोलाएको हो। सभा दरबारथोक बैंक्वेट बाँस्तोलाथर पोखरा कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

कम्पनीले सभा प्रयोजनार्थ पुस ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा भाग लिन सक्नेछन्।

सोमबार, २१ पुस २०८२, १४ : ३७

प्रतिक्रिया