हिउँले सेताम्मे बन्यो मुस्ताङको साङ्ता क्षेत्र

मंगलबार, २२ पुस २०८२, १२ : ०४

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्रमा सेताम्मे हिउँ परेको छ । 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता आसपासको सडक तथा भीरपाखा सबै हिउँले सेताम्मे भएको हो । 

सदरमुकाम जोमसोमबाट पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँसम्म जाने सडक आसपासका क्षेत्रमा यतिबेला बाक्लो हिउँ जमेको छ ।  

 
 
मंगलबार, २२ पुस २०८२, १२ : ०४

प्रतिक्रिया