बागमती प्रदेशसभाको अस्थायी सभाहल तयार

मंगलबार, २२ पुस २०८२, १३ : ५४

काठमाडौं- बागमती प्रदेशसभा बैठकका लागि हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सभाहल तयार पारिएको छ । 

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बागमती प्रदेशसभा सचिवालय भवन तथा प्रदेश सभाहल पूर्ण रुपमा क्षतिग्रस्त भएपछि प्रदेशसभाको बैठक सञ्चालनका लागि अस्थायी रुपमा हेटौँडा उपमहानगरपालिका कार्यालयसँगै रहेको सो सभाहललाई तयार पारिएको हो । 

अहिले उक्त सभाहलमा रङ्गरोगन गरी आवश्यक फर्निचर र विद्युत जडानको काम अन्तिम चरणमा पुगेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

 
मंगलबार, २२ पुस २०८२, १३ : ५४

प्रतिक्रिया