उप-कुलपतिमाथि दुर्व्यवहार गर्ने पक्राउ

बुधबार, २३ पुस २०८२, १३ : १३

   काठमाडौं - नेपाल संस्कृत विश्वविद्यालयका उप-कुलपतिमाथि कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ सुन्दरनगर टोलका ३९ वर्षीय सेर बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार यही पुष ६ गते ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा रहेको उपकुलपतिको निवासमा जबर्जस्ती प्रवेश गरी उपकुलपति, उपकुलपतिको स्वकिय सचिव तथा नेपाल संस्कृत विश्वविद्यालय कार्यालयका सामान्य प्रशासन शाखा प्रमुख र विश्वविद्यालयका प्रगतिशील कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्षसमेतलाई अपमानजनक तथा अमानवीय व्यवहार गरी उनी फरार भएका थिए ।

 
बुधबार, २३ पुस २०८२, १३ : १३

प्रतिक्रिया