विजय लघुवित्तको एफपीओमा मागभन्दा ४२ गुणा बढी आवेदन

बुधबार, २३ पुस २०८२, १४ : ०५

काठमाडौं- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ४२.०८ गुणा बढी आवेदन परेको छ। 

आज पुस २३ गते बिहान १० बजेसम्म कुल ४ लाख ६६ हजार ८१७ कित्ता सेयरका लागि ल्याएको एफपीओमा १९ लाख ६४ हजार ७ सय ४१० कित्ताका लागि आवेदन परेको हो।

यस एफपीओमा १६ लाख ७४ हजार ६८० जना लगानीकर्ताले १ अर्ब ९६ करोड ४७ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्। 

पुस २१ गतेदेखि निष्कासन खुला गरिएको यो एफपीओमा लगानीकर्ताले पुस २४ गते आवेदन दिन पाउनेछन् । 

लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

 
बुधबार, २३ पुस २०८२, १४ : ०५

प्रतिक्रिया