आरती पावरले बोलायो साधारणसभा, कम्पनीको ठेगाना परिवर्तन गर्ने

विहीबार, २४ पुस २०८२, ११ : ३४

काठमाडौं- आरती पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । 

कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १६ गतेका लागि १० औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । 

सभा पारिजात पार्टी प्यालेस टोखा नगरपालिका ८ मा दिको २ बजेदेखि ५ बजेसम्म आयोजना हुनेछ । 

उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृति गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ माथी छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन, ३०६३ को दाफा १११ अनुसारका लागि खेलापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, विशेष प्रस्तावका रुपमा कम्पनीको ठेगाना वडा नम्बर २ खोर्सानीटारबाट वडा नम्बर ५ भाटमटेनीमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । 
 

 
विहीबार, २४ पुस २०८२, ११ : ३४

प्रतिक्रिया