निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको आधार: उद्योगमन्त्री सिन्हा

विहीबार, २४ पुस २०८२, १३ : ४९

काठमाडौं- अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताएका छन्।

काठमाडौंमा आज आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ छलफलमा उनले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए।

मन्त्री सिन्हाले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । मन्त्री सिन्हाले नेपाल र युरोपेली संघ (ईयू) बिचको ऐतिहासिक सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राखे ।

नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एकै ठाउँमा ल्याएर लगानीकर्ताहरूबीचको सम्बन्ध सुदृढ बनाउनु र व्यापारिक गाँठो फुकाउनु आजको आवश्यकता रहेको उनको तर्क थियो । सिन्हाले नेपालको विकासको भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनुपर्नेमा जोड दिए ।

मन्त्री सिन्हाले भने, ‘नेपालको आर्थिक भविष्यका लागि महत्वपूर्ण विषयहरूमा सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर संवाद गराउने यो पहल प्रशंसनीय छ । यो मञ्चले नेपाल र युरोपेली संघबीच अनादिकालदेखि रहिआएको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्नेछ । हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै दिगो आर्थिक विकासको बाटो रोज्नुपर्छ, जसले नेपाललाई समृद्ध बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सहयोग पुर्याउनेछ ।’

 
विहीबार, २४ पुस २०८२, १३ : ४९

प्रतिक्रिया