तुलसीपुरमा १५ लाखमा बन्दै सार्वजनिक शौचालय

विहीबार, २४ पुस २०८२, १४ : ०४

काठमाडौं - दाङको तुलसीपुरस्थित अरनिको मैदानमा २०८१ सालको मंसिर २२ गते काँग्रेस नेता दीपक गिरीले तामझामका साथ शिलान्यास गरेको शौचालय अहिले अलपत्र परेको छ । सरकारले अरनिको मैदानमा शौचालय निर्माण गर्न चासो नदिएको भन्दै तुलसीपुर नगर जेसिजले शौचालय निर्माणको काम अगाडी बढाएको थियो । तुलसीपुर नगर जेसीजले अरनिको मैदानमा शौचालयको समस्या रहेकोले अत्याधुनिक सुविधा सम्पन्न शौचालय निर्माण गर्ने बताएको थियो । सिलन्यासका क्रममा शौचालय निर्माण समितिका संयोजक मोहन सुनारले करिब १५ लाख रुपैयाँको लागतमा शौचालयको निर्माण हुने बताएका थिए । अरनिको खेल मैदानमा शौचालय निर्माण हुने भएपछि विशेषगरी खेलाडीलाई शौचालयको समस्या सहज हुने अपेक्षा गरिएको थियो । तर, अहिले १ बर्ष बितिसक्दासमेत निर्माणले गति लिन नसक्दा यसको बिरोध सूरु भएको छ ।

 २०२८ सालमा खेलकुद विकासका लागि भनेर अरनीको मैदान बनाइएको थियो । तर, अहिलेसम्म मैदानमा गतिलो सौचालय नभएको गुनासो व्यापक छ । गतबर्ष जेसिजले निर्माण गर्न थाले पछी खुसी भएका खेलागी तथा अन्य व्यक्तीहरुसमेत अहिलेसम्म सौचालय अलपत्र हुदा निराश हुन थालेका छन् । यता तुलसीपुर नगर जेसिज बर्ष २०२५ का अध्यक्ष शन्दिप भुषालले भने अबको केही दिनमा अरनिको मैदानमा रहेको सौचालय सञ्चालनमा आउने दाबी गरेका छन् । 

विहीबार, २४ पुस २०८२, १४ : ०४

प्रतिक्रिया