आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न

विहीबार, २४ पुस २०८२, १४ : ४०

काठमाडौं- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सो को विरुद्ध सुरक्षा कवचको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

उनले बीमा बजारको स्थायित्व कायम राख्ने र विश्वसनीयता अभिवृद्धि गर्ने तथा यसको दायरा र प्रभाव विस्तार गर्ने उद्देश्यका साथ यस कम्पनीले आफ्नो स्थापनाको २८औं वर्ष सफलतापूर्वक पूरा गरिसकेको र बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउँदै बीमितको हकहितको संरक्षण गर्दै आफ्नो दायित्वप्रति कम्पनी सदैव प्रतिबद्ध रहँदै आएको जानकारी गराए ।

समीक्षा वर्षमा कम्पनीले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने सम्बन्धी प्रस्ताव सेयरधनीहरुद्धारा सभामा सर्वसम्मतिबाट स्वीकृत भएको छ । त्यसै गरी कम्पनीको पानी पोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्ग फिटमा २ तल्ला पार्किङ सहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई यही २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायण चौर, नक्सालबाट पानी पोखरी स्थित आफ्नै भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरू भाडामा लगाई आम्दानी गरिने समेत सभा मार्फत पारित भएको छ ।

चालु आर्थिक वर्षको भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अरब ४४ करोडको दाबी परेको छ भने असोज १८ गते देखिको अविरल वर्षा, बाढी पहिरोबाट करिब ४ अरब बराबरको दाबी परेको छ । यद्यपि, सरकाले अघि बढाइरहेका नीतिगत पहलकदमी, आर्थिक सूचकांकहरुमा देखिन थालेको र क्रमिक सुधार तथा शेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमशः सुदृढ हुंदै जाने अपेक्षा गर्दै दीर्घकालीन रूपमा व्यावसायिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने जनाइएको छ ।

सभामा अध्यक्ष ढकालले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको वर्तमान परिवेशमा सूचना प्रविधिको माध्यमबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिँदै आएको र चालु आर्थिक वर्षमा अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको पनि जनाए ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २८औँ वार्षिक साधारण सभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थिति सहित ५३१ जना कर्मचारीहरू, ४३० अभिकर्ताहरू र १९२ सर्भेयरहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको र २०८२ साल माघ महिनाको अन्तसम्ममा कम्पनीको प्रधान कार्यालयबाट प्रदान गरिने सेवाहरू पानी पोखरी स्थित आफ्नै भवनबाट प्रदान गरिने जानकारी दिए

 
विहीबार, २४ पुस २०८२, १४ : ४०

प्रतिक्रिया