काठमाडौं - तुल्सीपुर उपमहानगरपालिका नगरसभाको १८ औँ हिउँदे अधिवेशन विहिवार तुलसीपुर– ८ मा रहेको मेट्रो हस्पिटलको सभाहलमा सम्पन्न भएको छ । नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको सभामा उपप्रमुख स्यानी चौधरीले चालु आर्थिक वर्षमा विनियोजन गरेको वार्षिक वजेट र हाल सम्मको खर्च विवरण प्रस्तुत गरेकी थिइन । उनले चालु आर्थिक वर्षमा दुई अर्ब एघार करोड ३६ लाख २ सय ६१ रुपैयाँ वार्षिक बजेट विनियोजन गरेको बताइन ।
सोही अनुसारको अनुमानित आय मध्ये पुस २३ गते सम्म ८८ करोड ५२ लाख ५ हजार ६ सय ७९ रुपैया आम्दानी भएको मध्येबाट जम्मा खर्च ६५.६५ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ २८.५८ प्रतिशत र पुजीगत तर्फ ८.७७ प्रतिशत खर्च भएको उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।साथै उपप्रमुख चौधरीले सभामा पेश गर्नुभएको आर्थिक वर्ष २०८२ / ८३ को संशोधित कार्यक्रम,आयोजना र क्रियाकलाप सर्वसम्मत पास भएको छ ।
यस्तैगरी सार्वजनिक सेवा तथा सुशासन समितिका संयोजक धर्मराज वलीले पेश गर्नुभएको अस्थाई ,करार र ज्यालादारी कर्मचारीहरुको म्याद थप तथा निरन्तरताको लागी प्रस्ताव र विधायन समितिका संयोजक भीम योगी कुँवर तथा लेखा समितिका संयोजक घनश्याम ढकालले पेश गरेको प्रतिवेदन पनि पास भएको कार्यालयले जनाएको छ । सो अवसरमा पेश गरिएका विषयवस्तुहरू माथि सभाका सदस्यहरूले जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया