गायक प्रशान्त तामाङको निधन

आइतबार, २७ पुस २०८२, १२ : २४

काठमाडौं- भारतीय नेपालीभाषी गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आइतबार दिल्लीमा निधन भएको हो । 

तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् ।

 
आइतबार, २७ पुस २०८२, १२ : २४

प्रतिक्रिया