काठमाडौं -सरकारले गृहमन्त्रालय मातहत रहेको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा बढुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । सरकारले विभागको रिक्त डिआइजी (अनुसन्धान निर्देशक) दर्जामा बढुवा भएका राजन उप्रेतीको विभागमा पदस्थापन गरिएको छ । अर्का डिआइजी नवीन अधिकारीको कर्णाली प्रदेशमा पदस्थापन भएको छ ।
यसअघि कर्णाली प्रदेश प्रमुख ओम खड्का गतसाता अतिरिक्त अनुसन्धान अधिकृतमा नियुक्त भएका थिए । सोही स्थानमा अहिले अधिकारीलाई लगिएको हो ।
त्यसैगरी एसएसपीमा बढुवा भएका इलामका टिका पोखरेललाई विभागको कर्मचारी प्रशासन विभागमा ल्याइएको छ । सोही विभागमा रहेका एसपी टेकराज तिमिल्सिनाको एसएसपीमा पदोन्नती भएको छ । विभागमा कार्यरत उत्तम खनाल पनि एसएसपीमा बढुवा भएका छन् ।
प्रतिक्रिया