स्वास्थ्य बीमा बोर्डले विभिन्न पदमा माग्यो कर्मचारी

सोमबार, २८ पुस २०८२, १२ : ०४

काठमाडौं- स्वास्थ्य बीमा बोर्डमा रोजगारीको अवसर खुलाएको छ।

बोर्डले करार सेवामा मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेण्ड एक जना, हेल्थ इकोनोमिस्ट एक जना, जनस्वास्थय अधिकृत एक जना, एक्च्युरियन अधिकृत एक जना, सूचना प्रविधि सहायक तीन जना र दर्ता अधिकारी  ६० जना गरी ७३ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

 
सोमबार, २८ पुस २०८२, १२ : ०४

प्रतिक्रिया