काठमाडौं- सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्क्रिया तथा पुर्नताजकी कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले संस्थापक एवं आधारभुत सेयरधनीहरुलाई उक्त कार्यक्रम आयोजना गरेको हो ।
लाजिम्पाटस्थित होटेल र्याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरु तथा संस्थापक सेयरधनीहरु सहित करिब ६० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख पदम प्रसाद सोडारीले कम्पनीको संस्थापक सेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा उपस्थित केही संस्थापक सेयरधनीहरुले आ–आफनो धारणा तथा जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया