लिबर्टी माइक्रो लाइफद्वारा गोरखामा उप-शाखा उद्घाटन

सोमबार, २८ पुस २०८२, १४ : ३३

काठमाडौं- लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गोरखा जिल्लामा आफ्नो उप-शाखा कार्यालय उद्घाटन गरेको छ । वडा नं.६ का अध्यक्ष राजेन्द्र कुमार जोशी तथा कम्पनीको प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबको सहभागितामा उक्त उप-शाखा कार्यालयको पुस २७ उद्घाटन गरिएको हो ।

कार्यक्रममा मार्केटिङ हेड अशोक कुमार कुंवर, रिजनल प्रमुख शिव प्रसाद पौडयाल, उप-शाखा प्रमुख हेमराज गुरुङ तथा अभिकर्ता र बीमालेखधारहरुको उपस्थितिमा शाखा कार्यालय उद्घाटन गरिएको छ ।

गोरखामा कम्पनीको उक्त उप-शाखा विस्तारले यस क्षेत्रमा तथा यस क्षेत्रको वरिपरि रहेको ठाउंहरुमा लघु बीमाको सेवा सजिलै लिन सक्ने तथा लघु जीवन बीमाको सचेतनाले पनि यस क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने कुरा वडा नं.६ का अध्यक्ष राजेन्द्र कुमार जोशीले बताए ।

त्यसै गरी उक्त गोरखा उप-खाको विस्तारसँगै कम्पनीले २० वटा शाखा, उप-शाखा १ वटा प्रादेशिक कार्यालयबाट आफ्नो सेवा दिँदै आएको र भविष्यमा पनि यसै गरी अन्य उपयुक्त ठाउँहरुको पहिचान गर्दै शाखा तथा उप-शाखा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

 
सोमबार, २८ पुस २०८२, १४ : ३३

प्रतिक्रिया