काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ जिल्लामा कुल १ सय ५९ मतदानस्थल निर्धारण गरिएको छ । ती मध्ये १ सय ३४ वटा संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उक्त जानकारी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले जानकारी दिएका हुन् ।
डिएसपी शाहका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ४४ मतदानस्थल संवेदनशील र ६ मतदानस्थल अति संवेदनशील रहेका छन्। त्यसैगरी निर्वाचन क्षेत्र नं.२ मा पनि ४४ मतदानस्थल संवेदनशील र ६ मतदानस्थल अति संवेदनशील रहेका छन्। निर्वाचन क्षेत्र नं. ३ मा ४६ मतदानस्थल संवेदनशील र ५ मतदानस्थल अति संवेदनशील रहेको जनाइएको छ। जिल्लामा रहेका कुल ४ सय ८२ मतदान केन्द्रमध्ये ४ सय ३० मतदान केन्द्र संवेदनशील र २७ मतदान केन्द्र अति संवेदनशील वर्गीकरणमा परेका छन्। बाँकी ९ मतदानस्थलका २५ मतदान केन्द्र भने सुरक्षा संवेदनशीलताको हिसाबले सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया