काठमाडौं युरो स्कूलद्वारा नुवाकोटका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

मंगलबार, २९ पुस २०८२, १६ : ०६

काठमाडौं- बढ्दो चिसोका कारण बालबालिकाको दैनिकी र शिक्षामा असर नपरोस् भन्ने सामाजिक दायित्वका साथ काठमाडौं युरो स्कूलले यस वर्ष पनि न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

काठमाडौं युरो स्कूल परिवारको आयोजनामा नुवाकोट जिल्लाको दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सुर्यगढीस्थित कालिका माध्यमिक विद्यालय तथा लमजुङको पाणिनी माध्यमिक विद्यालयका करिब ७०० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रमका क्रममा न्यानो कपडा वितरण गर्दै विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले भने, “यो न्यानोपनले बालबालिकालाई चिसोबाट जोगाउनुका साथै आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस् ।”

यस मानवीय अभियानमा काठमाडौं युरो स्कूलका अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्छ ।

काठमाडौं युरो स्कूलले शिक्षा सँगसँगै समाजसेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।
 

 
मंगलबार, २९ पुस २०८२, १६ : ०६

प्रतिक्रिया