दाङ- दाङको ववइ गाउपालिका ५ हापुरे बजारमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । कतारमा लामो समय काम गरेर नेपाल फर्केका भुपेन्द्र डागीले नेपालमै केही गर्नु पर्छ भन्ने ध्येयले हापुरेमा काँपर चिमनी होटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
होटल सञ्चलक डागीले दाङको पश्चिम क्षेत्रमा सुबिधा सम्पन्न होटल नभएकोले यस क्षेत्रमा आउने आगुन्तकहरुलाइ मध्यनजर गरि होटल सञ्चालनमा ल्याएको जनाएका छन् ।उनले ब्यवसाय मध्येको पनि होटल ब्यवसायले मानव स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वच्छता, गुणस्तरीयतामा ध्यान दिने जनाएका छन् । भवनमा रहेको होटलमा सुविधायुक्त पाहुना कोठा, हल, रेष्टुरेण्ट, सुरक्षित पार्किङको सुविधा रहेको छ ।
यस्तै, पानी, विजुलीवत्ती, इन्टरनेटको बैकल्पिक ब्यवस्थापन पनि रहेकाले पाहुनाहरुको अति आवश्यकतालाई मध्यनजर गर्दै २४ सै घण्टा सेवा उपलब्ध छ ।
गोष्ठी, सेमिनार, तालिम गर्न मिल्ने हल, इङ्गेजमेण्ट, वर्थ डे जस्ता विशेष खालका पार्टी र इभेण्टका लागि उपयुक्त हल, टिकटक, रिल फोटो, भिडियो बनाउन सौखिन र सेल्फी पारखीका लागि मेमोरियबल कलेक्सन गर्न मिल्ने जस्ता काँपर चिमनी होटल एण्ड रेष्टुरेन्टमा आकर्षण र विशेषता रहेका छन् ।
सवै पाहुना कक्षमा एसी, एटेज रेष्टरुम, लक्जरी वेड सहितका सुविधा बिस्तार गर्ने सञ्चालक डागीले जनाएका छन् । एकदिनमा एउटा भब्य समारोह वा विवाहका लागि खानपान सहितको अतिथि सत्कार ब्यवस्थापन गर्न सकिने होटल काँपर चिमनी होटल एण्ड रेष्टुरेन्ट नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टलका ब्रेकफाष्ट, लञ्च, डिनर उपलब्ध छ ।
पाहुना ग्राहकको आवश्यकता अनुसार यातायातको सुविधा रहेको होटल काँपर चिमनी होटल एण्ड रेष्टुरेन्टशान्त, स्वच्छ, सफा बातावरणमा रहेको छ ।
धुम्रपान रहित रेष्टुरेण्ट, हल, पाहुना कोठा रहेको होटल काँपर चिमनी होटल एण्ड रेष्टुरेन्ट छुट्टै स्मोकिङ जोन÷क्याविन छ । यसकारण पनि होटल काँपर चिमनी होटल एण्ड रेष्टुरेन्ट भान्सा, रेष्टुरेण्ट र पाहुना कोठा समेत पारीवारीक वातावरण सहितको रहेको होटल ब्यवस्थापनले जनाएको छ ।
प्रतिक्रिया