काठमाडौं– काठमाडौं उपत्यकामा बुधबार बिहान चिसो महसुस गरिएको छ। आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म झरेको छ।
मौसमविद् उज्वल उपाध्यायका अनुसार आज बिहान ६ बजेर २७ मिनेट जाँदा ललितपुरको सानेपामा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो।
बिहानको तापक्रम ह्वात्तै घटेकाले उपत्यकावासीले जाडो महसुस गरेका छन्। मौसमविद् उपाध्यायले बिहानको समय बढ्दै जाँदा यो तापक्रम अझै केही घट्न सक्ने अनुमान गरेका छन्।
आजको दिनको आधिकारिक न्यूनतम तापक्रमको अन्तिम मापन भने बिहान ८ः ४५ बजे सार्वजनिक गरिनेछ।
प्रतिक्रिया