मञ्जुश्री फाइनान्सले छ महिनामा कमायो साढे १३ करोड नाफा, अन्य सूचक कस्तो ?

बुधबार, ०७ माघ २०८२, १२ : ०२

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष भने १५.६३ प्रतिशत बढी खुद नाफा कमाएको हो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ करोड ८० लाख रुपैयाँबाट बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४७ करोड ६० लाख रुपैयाँबाट बढेर ५३ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा भने २१ करोड ६१ लाख रुपैयाँबाट घटेर १९ करोड १२ लाख रुपैयाँमा झरेको छ। पुस मसान्तसम्म यस कम्पनीको वितरणयोग्य नाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १७.३३ रुपैयाँबाट बढेर २०.०३ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.८६ प्रतिशतबाट घटेर ३.६४ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने आधार दर ६.९१ प्रतिशत रहेको छ।

चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

 
बुधबार, ०७ माघ २०८२, १२ : ०२

प्रतिक्रिया