भूगर्भ सिमेन्टको व्यापार १ अर्ब ६७ करोड, आईपीओ निष्कासनको तयारी

बुधबार, ०७ माघ २०८२, १३ : ०३

काठमाडौं- भूगर्भ सिमेन्टले एक वर्षमा साढे १ अर्ब माथिको व्यापार गरेको छ । 

कम्पनीले सन् २०२५ मा एक अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा २०.१४ प्रतिशत बढी हो । कम्पनीले सन् २०२४ मा एक अर्ब ३९ करोड रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको कुल ऋण र कुल पुँजीको अनुपात यस वर्ष ३.६२ गुणामा सीमित भएको छ । ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा सुधार भएर सन् २०२५ मा १.७२ गुणामा आएको छ ।

कम्पनीको सिमेन्ट उत्पादन गर्ने जडित क्षमता हाल प्रतिदिन ७०० मेट्रिक टन रहेको छ । यसका साथै कम्पनीसँग प्रतिदिन ३०० मेट्रिक टन क्षमताको आफ्नै क्लिङ्कर उत्पादन क्षमता पनि रहेको छ ।

भूगर्भ सिमेन्ट साधारण सेयर निष्कासन गर्न पब्लिक लिमिटेडमा परिणत भएको छ। 

कम्पनीले १२ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 
बुधबार, ०७ माघ २०८२, १३ : ०३

प्रतिक्रिया