राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता सुरु

बुधबार, ०७ माघ २०८२, १५ : ००

काठमाडौं- राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता २०८२, बुधबारबाट काठमाडौंमा सुरु भएको छ ।

नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रतियोगिताको प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गरे ।

प्रतियोगितामा कोसी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेश तथा विभागीय टोलीहरू नेपाल आर्मी, एपीएफ र महेन्द्र पुलिस क्लबका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिलाका विभिन्न तौल समूहमा प्रतिस्पर्धा भइरहेको कार्यक्रम संयोजक रामकुमार थारुले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद एक लाख र दोस्रो हुने समूहलाई ५० हजार पुरस्कार समेत प्रदान गरिने छ ।

प्रतियोगिता उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका डोजोका खेलाडी उत्कृष्ट खेलाडीहरू रेहान जावेद र निरुमा दोङलाई नगद २० हजार सहित सम्मान गरिएको थियो ।

प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

 
बुधबार, ०७ माघ २०८२, १५ : ००

प्रतिक्रिया