कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा

विहीबार, ०८ माघ २०८२, १४ : ४८

काठमाडौं- कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा रहँदै आएको विद्युत आपूर्तिको समस्या करिब समाप्त हुने चरणमा पुगेको छ । बेला बेला बत्ति गैरहने समस्याले सर्खेतबासीहरु हैरान थिए । अब भने त्यो समस्याको छिट्टै अन्त हुँदैछ ।  निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ काम भइरहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५ सय मिटर तार तान्न बाँकी छ ।

६ वर्षअघि ७० करोड रुपैयाँमा प्रसारण लाइनको काम शुरुआत भएको हो । आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको छ । चौधरीका अनुसार आउँदो एक हप्तामा परीक्षण सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने छ ।

विहीबार, ०८ माघ २०८२, १४ : ४८

प्रतिक्रिया