मन्जुश्री फाइनान्सको २८ औं शाखा थापाथलीमा सञ्चालन

विहीबार, ०८ माघ २०८२, १६ : ४९

काठमाडौं- मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो २८ औं शाखा थापाथलीस्थित आफ्नै भवनमा सुचारु गरेको छ । 

आफ्नै भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएपछि, फाईनान्सले मिति  माघ ८ गते बिहीबार थापाथली स्थित भवनमा थापाथली शाखालाई सञ्चालनमा ल्याएको हो । 

हाल सम्म २७ वटा शाखा, तथा एक एक्सटेन्सन काउन्टर बाट सेवा प्रदान गर्दै आइरहेको मन्जुश्रीले ग्राहकहरुको माझ अझै नजिक हुन आफ्नो २८ औ शाखाको सेवा सुरुवात गरेको हो ।

पुस मसान्तसम्ममा फाईनान्सले २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी २०.०३  रुपैयाँ रहेको छ। 

पुस मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको यस फाईनान्सले ग्राहक सेवा तथा डिजिटल बैंकिङमा अग्रसर रही हालै आफ्ना ग्राहकहरुका लागि फ़ोनेपेसंगको सहकार्यमा मन्जुश्री फोनेपे भर्चुअल क्रेडिट कार्ड सेवाको पनि सुरुवात गरेको छ ।
 

 
विहीबार, ०८ माघ २०८२, १६ : ४९

प्रतिक्रिया