पर्वतका ग्रामीण सडकमा आठ वर्षमा २०४ किलोमिटर कालोपत्र, २४ वटा पक्की पुल निर्माण

आइतबार, ११ माघ २०८२, १३ : ५७

काठमाडौं- पर्वत जिल्लामा पछिल्लो आठ वर्षमा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् ।

यो अवधिमा चिसापानी-हुवास-त्रिवेणी-वहाकी-रानीपानी-बर्राचौर २३ किलोमिटर, अर्मादी-खुर्कोट-बनौ सडक १२ किलोमिटर,  पातीचौर-देउपुर-भुकदेउराली १२ किलोमिटर, डिमुवा-तिलाहार-राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् । 

पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला-कटुवाचौपारी-मुडिकुवा-फलेवास-ढिक १४ किलोमिटर, हिमालय-विपाङ-नुवार-खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् । 

साथै, सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन् ।

 
आइतबार, ११ माघ २०८२, १३ : ५७

प्रतिक्रिया