गुराँस लघुवित्तको नाफा ७२ प्रतिशतले बढ्यो, ईपीएस कति ?

सोमबार, १२ माघ २०८२, १२ : ५५

काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ७२.१५ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा वृद्धि भएको हो ।

कम्पनीले चालू आवको पुस मसान्तसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

त्यसै गरी कम्पनीको खुद ब्याज आम्दानी पनि गत वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ६४ लाख रुपैयाँ रहेकोमा चालू आवको दोस्रो त्रैमाससम्म ५५.१८ प्रतिशतले बढेर ८ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३६.१५ प्रतिशतले बढेर ९ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६७.७७ प्रतिशतले बढेर ३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३५.०९ रुपैयाँबाट बढेर ३७.०१ रुपैयाँ पुगेको छ भने निष्क्रिय कर्जा (एनपीएल) २.७८ प्रतिशतबाट बढेर ३.१३ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.३३ रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी १३ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ करोड ७२ लाख रुपैयाँ र रिजर्भ कोषमा ५ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीले २ अर्ब १० करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

 
सोमबार, १२ माघ २०८२, १२ : ५५

प्रतिक्रिया