समृद्धि फाइनान्सको २४ औं साधारणसभा सम्पन्न

बुधबार, १४ माघ २०८२, १६ : ३५

काठमाडौं- समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारणसभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको छ ।

सभामा अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेस गरे भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्यहरूको जानकारी गराए ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखा परीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको लागि पेस गरिएकोमा सर्वसम्मतिले पारित भएको छ ।

त्यसै गरी सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यको लागि अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखा परीक्षकमा आरएसएमए एसोसियट्सलाई नियुक्ति गर्ने समेत सर्वसम्मत निर्णय गरेको छ ।

 
बुधबार, १४ माघ २०८२, १६ : ३५

प्रतिक्रिया