आईसीसी टी-२० विश्वकप क्रिकेट कान्तिपुर म्याक्समार्फत प्रत्यक्ष प्रसारण हुने, टाईटल स्पोन्सरमा एक्सट्रिम इनर्जी ड्रिंक्स

विहीबार, १५ माघ २०८२, १६ : ५६

काठमाडौं- आईसीसी मेन्स टी-२० विश्वकपका सबै खेल पहिलो पटक नेपाली टेलिभिजनमार्फत कान्तिपुर म्याक्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएका छन्।

विश्वकप प्रसारणको मुख्य प्रायोजन एक्सट्रिम इनर्जी ड्रिंक्सले गरेको छ। प्रायोजन सम्झौता कान्तिपुर म्याक्सका बिजनेस हेड सागर केसी र एक्सट्रिम इनर्जी ड्रिंक्सका सेल्स हेड पवनकुमार श्रेष्ठबीच आज सम्पन्न भएको छ।

प्रत्यक्ष प्रसारणमा खेलहरू कान्तिपुर म्याक्समा अंग्रेजी कमेन्ट्री र कान्तिपुर म्याक्स–२ मा नेपाली कमेन्ट्रीसहित प्रस्तुत गरिनेछ। विश्वकप खेल हुने दिनहरूमा एक्सट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा प्रि–म्याच र पोस्ट–म्याच विशेष कार्यक्रमहरू सञ्चालन गरिने छन्, जसमा क्रिकेट विज्ञहरूसँग खेल विश्लेषण र समीक्षा प्रस्तुत गरिनेछ।

यसै अवसरमा, एक्सट्रिम इनर्जी ड्रिंक्सले ४० जना भाग्यशाली क्रिकेट प्रेमीलाई मुम्बईमा प्रत्यक्ष खेल हेर्ने अवसर दिने प्याकेज पनि प्रस्तुत गरेको छ। विजेताहरूले स्टेडियममै खेलाडीहरूलाई हौसला प्रदान गर्ने अवसर पाउनेछन्।

एक्सट्रिम इनर्जी ड्रिंक्सले यस प्रसारणमार्फत नेपाली खेलप्रेमीहरूको जोश, उत्साह र ऊर्जालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेको छ।

यसअघि पनि एक्सट्रिम इनर्जी ड्रिंक्स र कान्तिपुर म्याक्सले पोखरामा टाइगर कप भलिबल, महिला टी–२० ग्लोबल छनोट, र नेपाल प्रिमियर लिग क्रिकेट प्रत्यक्ष प्रसारण गरिसकेको छ।

 
विहीबार, १५ माघ २०८२, १६ : ५६

प्रतिक्रिया