कालिका लघुवित्तको सीइओमा फणिन्द्र पाण्डे नियुक्त

आइतबार, १८ माघ २०८२, ११ : ५८

काठमाडौं- कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा फणिन्द्र पाण्डे नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले रिक्त सीईओ पदमा वालिङ नगरपालिका वडा नम्बर ६, स्याङ्जा निवासी कामु सीइओ पाण्डेलाई नै सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई माघ १८ गतेदेखि लागू हुने गरी नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ।
 

 
आइतबार, १८ माघ २०८२, ११ : ५८

प्रतिक्रिया