मन्जुश्री फाईनान्सले ल्यायो 'मन्जुश्री सुरक्षित लकर' सुविधा

मंगलबार, २० माघ २०८२, १२ : १०

काठमाडौं- मन्जुश्री फाईनान्स लिमिटेडले मन्जुश्री सुरक्षित लकरको सुविधा ल्याएको छ । 

हाललाई यो सुविधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ । साथै ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्नेछ । सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहकहरुले उठाउने विश्वास मन्जुश्रीले राखेको छ । 

विभिन्न आकारमा उपलब्ध यी लकरहरु उच्च प्रविधियुक्त सुरक्षा प्रणाली, फायरप्रुफ र नियन्त्रित वातावरणमा रहेका छन् । इच्छुक ग्राहकवर्गले यो सुविधाको सेवा लिनका लागि, आफ्नो खाता जुनसुकै शाखामा रहेता पनि आफुलाई लाई पायक पर्ने, लकर सुबिधा उपलब्ध रहेका कुनै एक शाखामा गई यो सुविधाको लाभ उठाउन सक्नेछन् ।

हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.५ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८५ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको छ।

यस अघि मन्जुश्री फाईनान्सले आफ्ना ग्राहकहरु माझ मन्जुश्री भर्चुअल क्रेडिट कार्डको सेवा पनि उपलब्ध गराउदै आइरहेको छ ।

 
मंगलबार, २० माघ २०८२, १२ : १०

प्रतिक्रिया