आईसीएफसी फाइनान्स सेबोनबाट पायो ऋणपत्र निष्कासनको अनुमति

विहीबार, २२ माघ २०८२, १० : ५७

काठमाडौं- आईसीएफसी फाइनान्सले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

फाइनान्सले ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ ल्याउन अनुमति पाएको हो। 

यस अनुमतिसँगै फाइनान्सले १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

७ वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

फाइनान्सको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 
विहीबार, २२ माघ २०८२, १० : ५७

प्रतिक्रिया