काठमाडौं- आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी–२० विश्वकपको १० औं संस्करण सुरु भएको छ । पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् ।
समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कोलम्बोमा बिहान नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु भएको छ ।
दोस्रो खेलमा नेपाल रहेकै समूह ‘सी’ मा रहेका स्कटल्यान्ड र वेस्ट इन्डिज खेल्नेछन् । खेल दिउसो सवा ३ बजेदेखि कोलकातामा सुरु हुनेछ ।
यस्तै आजको तेस्रो खेल समूह ‘ए’ कै खेलमा आयोजक र भारत र अमेरिकाबीच साँझ सवा ७ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।
टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल भोलि आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया