टी-२० विश्वकप क्रिकेटः आज नेपाल र इंल्यान्ड भिड्दै

आइतबार, २५ माघ २०८२, १० : २०

काठमाडौं- आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इंल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो ।  यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

नेपाल र  इंल्यान्ड पहिलोपटक भिड्दैछ्न । टी-२० वरियतामा नेपाल  १६ औं स्थानमा रहँदा इंल्यान्ड तेस्रो स्थानमा छ । 
त्यस्तै  इंल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो भने यता नेपाल समूह चरणबाट बाहिरिएको थियो । 

प्रतियोगितामा समूह ‘सी’मा रहेको नेपालको समूहमा इंल्यान्डसँगै वेष्टइन्डिज, इटाली  र स्कटल्यान्ड रहेका छन् ।

 
 
आइतबार, २५ माघ २०८२, १० : २०

प्रतिक्रिया