सिटिइभिटीले माग्यो प्राविधिक र प्रशासन सेवाका लागि कर्मचारी

आइतबार, २५ माघ २०८२, १३ : ११

काठमाडौं- प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रशासन, इन्जिनियरिङ, लेखा र कानुनतर्फ कर्मचारी माग गरेको छ।

परिषदले विज्ञापन प्रकाशन गर्दै प्राविधिक र प्रशासन सेवाका लागि ९८ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका आवेदकले आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत् आवेदन दिन पर्नेछ।

इच्छुक नेपाली नागरिकले फागुन २३ गतेसम्म सामान्य दस्तुरमा र फागुन ३० गतेसम्म दोहोरो दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

 
आइतबार, २५ माघ २०८२, १३ : ११

प्रतिक्रिया