आईसीसी टी–२० विश्वकप

१२ वर्षपछि नेपाली क्रिकेटमा नयाँ कीर्तिमान, विश्वकपमा दीपेन्द्र सिंह ऐरीको अर्धशतक

आइतबार, ०३ फागुन २०८२, १४ : १३

काठमाडौं- १२ वर्षपछि नेपाली क्रिकेटले नयाँ कीर्तिमान कायम गरेको छ । आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी ले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरे।

आइतबार मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको ऐरीले १८।४ ओभरमा ५० रन पुरा गरे। उनले ४४ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै नेपाली टिमका लागि २०१४ पछि पहिलो पटक अर्धशतकको कीर्तिमान कायम गरे।

यसअघि सन् २०१४ मा सुवास खकुरेल ले टी–२० विश्वकपमा अर्धशतक बनाएका थिए। ऐरीको बलिङ प्रदर्शनले नेपालको ब्याटिङलाई बलियो सुरुवात दिएको थियो ।

 
 
आइतबार, ०३ फागुन २०८२, १४ : १३

प्रतिक्रिया