काठमाडौं– टी–२० विश्वकपमा नेपाल वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेष्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।
समूह ‘सी’ मा रहेको नेपालको यो लगातार तेस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल इग्ल्याण्डसँग, दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । यस लगातार हारसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना सकिएको छ ।
प्रतिक्रिया